शुक्रबार, ४ असोज २०८१
DainikNepal.com
शुक्रबार, ४ असोज २०८१

अमेरिका र बेलायतले शेख हसिनालाई शरण दिन मानेन

दैनिक नेपाल २०८१ साउन २३ गते ८:४७

काठमाडौं, २३ साउन । शेख हसिनालाई अमेरिका र बेलायतले शरण दिन अस्वीकार गरेका छन् । मिडिया रिपोर्टकाअनुसार अमेरिकाले हसिनाको भिसा रद्द गरिदिएको छ । उहाँको सम्भावित अमेरिका भ्रमणलाई रोक्न भिसा रद्ध गरेको मिडिया रिपोर्टमा दाबी गरिएको छ ।

त्यस्तै, हसिना बेलायत जाने मिडिया रिपोर्ट सार्वजनिक भएपछि बेलायतले उहाँलाई अहिलेसम्म शरण दिन स्वीकृति नदिएको रिपोर्टमा उल्लेख गरिएको छ ।

ढाका ट्रीबुनले ढाकास्थित अमेरिकी दूतावासले हसिनाको भिसा बारे प्रक्रिया दिन अस्वीकार गरेको उल्लेख गरेको छ । दूतावासले कुनै पनि व्यक्तिको भिसा बारेको सूचना निजी विषय भएकोले यस बारेमा जानकारी दिन नमिल्ने बताएको छ । तर विभिन्न मिडियाले आफ्ना स्रोतहरुलाई उल्लेख गर्दै अमेरिकाले हसिनाको भिसा रद्ध गरेको उल्लेख गरेका छन् ।

बेलायतले शरण लिन बेलायत बाहिरबाट बेलायत प्रवेश गर्न नपाउने स्पष्ट गरेको छ । तर मिडिया रिपोर्टमा सेख हसिनाले बेलायतसँग शरण मागेको र कानूनी प्रक्रिया भइरहेको दाबी गरिएको छ ।

सोमबार प्रधानमन्त्रीबाट राजीनामा दिएपछि हेलिकप्टरमा भारत आउनुभएकी हसिना अहिले भारतको सुरक्षामा अज्ञात स्थलमा रहनुभएको छ । उहाँलाई भारतले कडा सुरक्षा दिएर राखेको बताइएको छ । उहाँ अब कहिलेसम्म भारतमा बस्नुहुन्छ भन्ने स्पष्ट छैन ।

यसैबीच, बंगलादेशबाट हसिनालाई भारतले फिर्ता गर्नुपर्ने आवाज उठ्न थालेको छ । बंगलादेशको बार एसोसियसनले भारतले तुरुन्त हसिनालाई फिर्ता गर्नुपर्ने माग राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित