
काठमाडौं, २३ साउन । बंगलादेशका पूर्व विदेशमन्त्री हसन महमुद पक्राउ पर्नुभएको छ । उहाँलाई विदेश जानेक्रममा ढाकास्थित विमानस्थलबाट पक्राउ गरिएको बंगलादेशको डेलीस्टार मिडियाले उल्लेख गरेको छ ।
उहाँलाई हजरत शाहजलाल इन्टरनेशनल एयरपोर्टमा नागरिक उड्डयनका अधिकारीहरुले नियन्त्रणमा लिएर सेनालाई बुझाएको रिपोर्टमा उल्लेख छ । यसअघि शेख हसिना सरकारका सूचना राज्यमन्त्रीलाई पनि पक्राउ गरेर सेनालाई बुझाइएको थियो ।
त्यस्तै, शिक्षामन्त्री मोहिबुल हसन चौधरी र स्थानीय सरकारमन्त्री ताजुल इस्लामले भने देश छोड्न सफल भएको बताइएको छ ।
त्यस्तै, पूर्वअर्थमन्त्री, खेलकुदमन्त्री र ढाकाका मेयरलेसमेत बंगलादेश छोडेको बताइएको छ ।
मिडिया रिपोर्टकाअनुसार कैयौं मन्त्री, सांसद र हसिनाका नजिकक राजनीतिक नेता कार्यकर्ताले बंगलादेश छोडेको बताइएको छ ।















प्रतिक्रिया