१ असार २०८३, सोमबार

प्रदेशमा सत्ताको चरम दुरुपयोग : मधेशमा १२ मन्त्रालय, २० जना मन्त्री !

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन ।  मधेश प्रदेशमा सत्ताको चरम दुरुपयोग गरिएको छ ।

जनमत पार्टीका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार ५ जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद् २० सदस्यीय पुर्‍याउनुभएको छ । प्रदेश सरकार प्रभावकारी नभएको भन्दै आम रुपमा आलोचना भइरहेको बेला मधेस सरकारमा मुख्यमन्त्रीसहित १२ मन्त्रालयमा थप ८ राज्यमन्त्री थपेर सत्ताको चरम दुरुपयोग गरिएको छ ।

सत्ता टिकाउन र गठबन्धनमा रहेका दलहरुलाई भागबण्डा पुर्‍याउने नाममा प्रदेशमा यसरी सरकार निर्माण गर्नु आफैमा नमिल्ने र आम रुपमा स्वीकार्य नहुने देखिएको छ ।

यो मधेशमा अहिलेसम्मको सबैभन्दा ठूलो मन्त्रिपरिषद् हो । मंगलबार एमालेबाट मो. जयद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त हुनुभएको छ ।

त्यस्तै, कांग्रेसबाट रेखा ठाकुर भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजक उर्जा सिंचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

त्यस्तै, लोसपाबाट रामबाबु यादव शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतबाट सम्भु साह उद्योग पर्यटन राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।