१५ असार २०८३, सोमबार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

गत फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका सांगठनिक कार्यक्रमहरु बैठकका मुख्य एजेण्डा रहेका छन् । महासमिति बैठकले पारित गरेका दस्तावेज, सरकार सञ्चालन र संगठन निर्माणका विषयमा छलफल हुनेछ ।

बैठकले महासमिति बैठकबाट पारित नीति, सांगठनिक र समसामयिक राजनीतिक प्रतिवेदन परिमार्जन गरी अनुमोदन गर्नेछ । पार्टीका भ्रातृ संस्थालाई महाधिवेशन उन्मुख गराउने र वडा तहसम्म पार्टीको कार्यक्रम लैजाने तयारीका विषयमासमेत छलफल हुने बताइएको छ ।