२८ असार २०८३, आइतबार

मधेशमा थपिए ५ राज्यमन्त्री

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, २२ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पाँच जना राज्यमन्त्री नियुक्त गर्नुभएको छ ।

मन्त्रालयको संख्या १२ रहेको मधेश प्रदेशमा मन्त्रिपरिषद्को संख्या २० पुगेको छ । यो मधेशमा अहिलेसम्मको सबैभन्दा ठूलो मन्त्रिपरिषद् हो ।

मंगलबार एमालेबाट मो. जयद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त हुनुभएको छ ।

त्यस्तै, कांग्रेसबाट रेखा ठाकुर भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजक उर्जा सिंचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । लोसपाबाट रामबाबु यादव शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतबाट सम्भु साह उद्योग पर्यटन राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

उहाँहरुले आजै शपथसमेत लिनुभएको छ ।