२६ असार २०८३, शुक्रबार

बागलुङको बडिगाडमा पहिरोमा परी ८ जनाको मृत्यु, २ बेपत्ता

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २२ साउन । बागलुङमा पहिरोले पुरिँदा आठ जनाको ज्यान गएको छ ।

मंगलबार बिहानको बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटाका ६ जना र बडिगाड–९ बलघाँसमा २ गरी आठजनाको ज्यान गएको बागलुङ प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै, अन्य दुई जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार बडिगाड–१० आरुपाट बस्ने वर्ष ७ की मालती बुढा, ७ वर्षिया मधु बुढा, ६ महिनाकी बालिका, वर्ष १२ का मनोज बुढा, वर्ष १२ का अमन बुढा र वर्ष ५९ की मैतीदेवी बिको पहिरोमा परेर मृत्यु भएको छ ।

त्यस्तै, बडिगाड–९ बलघाँसका १५ वर्षीय बिदान परियारको पनि पहिरोमा परेर ज्यान गएको छ । पहिरोले स्थानीय श्याम परियारको घरलाई पुरेको थियो, त्यही पहिरोमा परेर छोरा विदान परियारको ज्यान गएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, बडिगाड–९ दर्लिङ काभ्राखर्कका २४ वर्षका गंगा बस्नेतको पहिरोले पुरिएर ज्यान गएको छ । बाटोमा हिँडिरहेका उहाँलाई माथिबाट पहिरो खसेर पुरेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार बुर्तिबाङबाट करिब ४० किलोमिटर टाढाको गाउँमा बिहान ११ बजेतिर पहिरो झरेको थियो । बिहान घटना भएपनि बाटोको असहजता र ठाउँठाउँमा पहिरो झरेकोले दिउँसो चार बजे मात्र प्रहरी घटनास्थल पुगेको थियो ।