
काठमाडौं, २२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जिन्दगीमा कहिल्यै भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि नसहन बताउनु भएको छ ।
आज सिंहदरबारमा बसेको राज्यव्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले राज्यको सम्पति अपचलन गरेर आफ्नो बनाउन नौतिकताले पनि नदिने भन्दै भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि नसहने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘यस समिति समक्ष म स्पष्ट पार्न चाहन्छु । मैले पहिले पनि जिन्दगीमा कहिल्यै भ्रष्टाचार गर्दिन भ्रष्टाचार सहिन पनि । मेरो नजर बाहिरबाट भ्रष्टाचार हुनु बेग्लै कुरा हो । राजनीतिक रुपमा कुरा उठाउँनु हिलो छ्याप्नु छुट्टै कुरा हो । म दावाका साथ भन्छु । यो धर्तीको अदालतमा मात्र होइन चित्रगुप्त अगाडि पनि म जवाफ दिन सक्छु । मलाई धन आर्जन गर्नु छैन । राज्यको सम्पति अपचलन गरेर आफ्नो बनाउन मेरो नौतिकताले पनि दिँदैन ।’
उहाँले आफ्नो नजर भन्दाबाहिर कसैले भ्रष्टाचार गरेकोलाई आफूले गर्न दिएको भन्न नमिल्ने स्पष्ट पार्नुभयो ।









प्रतिक्रिया