३० जेष्ठ २०८३, शनिबार

बंगलादेशकी विपक्षी नेता खालिदा जिया रिहा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । बंगलादेशकी विपक्षी दल बीएनपीकी नेतृ एवं पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई औपचारिक रुपमा रिहा गरिएको छ ।

बंगलादेशको राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै खालिदा जियालाई हिरासतबाट रिहा गरिएको जानकारी दिएको ढाका ट्रीबुनले उल्लेख गरेको छ ।

साथै राष्ट्रपति कार्यालयले जुलाई १ देखि अगस्त ५ सम्म आन्दोलनमा सहभागी भएर हिरासतमा लिएका सबै विद्यार्थीहरुलाई समेत रिहा गरेको जनाएको छ ।

खालिदा जिया अनियमितताको आरोपमा २०१८ मा १७ बर्षको जेल सजाय काटिरहनु भएको थियो । त्यसपछि २०२० देखि भने कोरोना महामारीलाई ध्यानमा राख्दै उहाँलाई उहाँकै घरमा नजरबन्दमा राखिएको थियो ।