९ असार २०८३, मंगलबार

बंगलादेशको संसद विघटन, अन्तरिम सरकार बन्ने बाटो खुल्यो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । बंगलादेशका राष्ट्रपति मोहमद शाह्बुद्दीनले संसद भंग गर्नु भएको छ ।

राष्ट्रपति शाह्बुद्दीनले अन्तरिम सरकार गठनको मार्ग प्रशस्त गर्न संसद विघटन गर्नुभएको हो । राष्ट्रपति शाहबुद्धीनले तिनै सुरक्षा निकायका प्रमुख र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँगको छलफलपछि संसद विघटन गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

सोमबार आरक्षण विरोधी आन्दोलन चर्किएपछि शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिँदै देश छोडेपछि बंगलादेशमा अन्तरिम सरकार बन्ने प्रक्रिया अगाडी बढेको हो ।

अब अन्तरिम सरकारको प्रमुख नोबेल पुरस्कार विजेता डा. मोहमद युनुस बन्ने बताइएको छ।