
बागलुङ, २२ साउन । बागलुङको बडिगाड गाउँपालिकामा पहिरोमा परेर मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
वडा नम्बर ९ र १० मा पहिरोमा परेर उहाँहरूको मृत्यु भएको हो । वडा नम्बर १० स्थित दर्लिङको आरुपाटामा ६ जनाको मृत्यु भएको छ भने वडा नम्बर ९ को नयाँ बस्तीमा २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा वडा नम्बर १० का ७ वर्षकी मालती बुढा, सोही उमेरकी मधु बुढा, १२ वर्षका मनोज बुढा, सोही उमेरका अमन बुढा, सञ्जु विककी ६ महिनाकी छोरी र ५९ वर्षकी मैतीदेवी बिक रहनु भएको छ ।
यस्तै, यस्तै वडा नम्बर ९ का १५ वर्षीय विधान परियार र २४ वर्षीय गङ्गा बस्नेतको मृत्यु भएको हो । पहिरोमा परेर चारजना गम्भीर घाइते हुनुभएको छ ।








प्रतिक्रिया