
काठमाडौं, २२ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामका लागि देशभरका १४४ अस्पतालहरुमा उपचाररत झाडा पाखलाका बिरामीहरुमा नियमित रुपमा हैजाको निगरानी गरिरहेको जनाएको छ ।
मंगलबार मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिरहेको काम र योजना सार्वजनिक गर्दै हैजा प्रभावित क्षेत्रहरूमा नियमित केस अनुसन्धान, बिरामीहरूको सक्रिय खोजी र केसको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूमा लक्षणको निगरानी गरिरहेको जनाएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार, जिल्ला र स्थानीय तह मार्फत खानेपानीको गुणस्तर निगरानी सम्बन्धी कार्य प्रभावकारी रूपमा भइरहेको छ ।
एउटै टोलबाट एक हप्ताभित्रमा पाँचजना भन्दा बढी झाडापखालाका बिरामीहरू देखा परेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोल फ्री हटलाइन नम्ब र १११५मा सम्पर्क गरी जानकारी गराउन समेत मन्त्रालयले सबैमा अनुरोध गरेको छ । मन्त्रालयले केन्द्र, प्रदेश तथा स्थानीय तहमा रहेका खानेपानी गुणस्तर निगरानी समितिलाई सक्रिय बनाई खाद्य गुणस्तर निगरानी तथा अनुगमन कार्य योजना बनाएको समेत जनाएको छ ।
प्रभावित क्षेत्रमा रोग नियन्त्रण र रोकथामको लागि आवश्यकता अनुसार विज्ञ परिचालन गर्ने, नियमित निगरानी, प्रतिकार्य तथा महामारी व्यवस्थापन कार्य प्रणालीको शुदृढीकरणका लागि सरोकारवाला निकायहरुबीच एकीकृत समन्वय तथा सहकार्य गर्ने तथा राष्ट्रिय हैजा नियन्त्रण÷रोकथाम योजना २०२४–२०३० बनाई सो सम्बन्धी आवश्यक कार्य गर्ने मन्त्रालयको योजना छ । प्रदान गरेकोछ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी योजनामा केन्द्र, प्रदेश तथा स्थानीय तहमा रहेका खानेपानी गुणस्तर निगरानी समितिलाई सक्रिय बनाई खाद्य गुणस्तर निगरानी तथा अनुगमन कार्य गर्ने निकायहरू सँगको समन्वयमा जोखिम पहिचान तथा रोकथाम सम्बन्धी कार्यहरू अघि बढाउने योजना बनाएको छ। यससँगै, नियमित निगरानी, प्रतिकार्य तथा महामारी व्यवस्थापन कार्य प्रणालीको शुदृढिकरणका लागि सरोकारवाला निकायहरू बीच एकीकृत समन्वय तथा सहकार्य गरिरहेको छ। राष्ट्रिय हैजा नियन्त्रणररोकथाम योजना २०२४–२०३० पनि बनाई आवश्यक कार्यहरू गरिरहेको छ।








प्रतिक्रिया