
काठमाडौं, २२ साउन । वर्षा र कम भिजिबिलिटी मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित बनेको छ ।
सोमबार रातिदेखि परिरहेको निरन्तर वर्षा र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या आएको हो ।
मंगलबार बिहानदेखिको वर्षाले जहाज उडान तथा अवतरणमा समस्या आइरहेको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले बताउनुभयो । प्रवक्ता झाकाअनुसार खराब मौसमकै कारण केही जहाज अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् भने केही डाइभर्टसमेत भएको छ ।
कम भिजिबिलिटी (भिएफआर) अवतरणका लागि कम्तीमा एक हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ । अहिले त्रिभुवन विमानस्थलको भिजिबिलिटी एक हजार भन्दा कम रहेको जनाइएको छ ।
खराब मौसमका कारण स्टानाबुलबाट काठमाडौं आएको टुर्किस्तान एयर उतै डाइभर्ट भएको छ भने फ्लाइ दुबई र डर्क एयर अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् ।








प्रतिक्रिया