२६ जेष्ठ २०८३, मंगलबार

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २२ साउन । अविरल वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

सोमबार साँझदेखि परेको वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो । करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी जानकारी दिनुभयो । करिडोर अवरुद्ध हुँदा लामा तथा छोटो दूरीका सवारीसाधन ठप्प भएको उहाँले बताउनुभयो ।

अहिले वर्षा भइरहेको हुँदा सडक खुलाउन नसकिने जनाउँदै वर्षा रोकिएपछि खुलाउने प्रनाउ यादवले बताउनुभयो ।

सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात विच्छेद भएको छ । पहिरोले सडक नै भासिएको छ ।

गतहप्ता पनि अवरुद्ध भएको सडक सोमबार दिउँसो सञ्चालनमा आएकामा गएरातिको भारी वर्षाले सडक पुनः अवरुद्ध भएको हो ।