२२ जेष्ठ २०८३, शुक्रबार

सिरहाको गोलबजारमा युवकको शव फेला

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, २२ साउन । सिरहाको गोलबजारमा अपरिचित व्यक्तिको शव फेला परेको छ ।

गोलबजार नगरपालिका-१ वहिरीबाँध नजिकैको ग्राभेल उत्खनन् गरेको खाल्डोमा सोमबार अन्दाजी ३२ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

मृतकको पहिचान खुल्न सकेको छैन । प्रहरीले घटनाको प्रकृति मुचुल्का उठाएर पोष्ट मार्टमकोलागि लहानस्थित प्रादेशिक अस्पताल पठाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुनिल कार्कीले जानकारी दिनुभयो ।

उहाँले घटनाको अनुसन्धान भइरहेको र घटनामा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ ।