३० जेष्ठ २०८३, शनिबार

शिक्षक तथा कर्मचारीलाई पार्टी सदस्यता लिन रोक

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २२ साउन । झापाको कमल गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन रोक लगाएको छ ।

पालिकाका अध्यक्ष हुकुमसिंह राईले सोमबार सूचना जारी गर्दै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिन तथा नवीकरण गर्न नपाउने उल्लेख गर्नुभएको छ ।

शिक्षा ऐन, २०२८ (संशोधनसहित) १६ (ङ) को उपदफा (५)को खण्ड (छ) शिक्षक वा कर्मचारीले राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेमा पद मुक्त गरिने र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) अनुसार शिक्षक वा कर्मचारीले कुनै पनि दलको सदस्यता लिन नपाउने प्रावधान रहेको उल्लेख गर्दै पालिकाले अब त्यसलाई कडाइका साथ कार्यान्वयन गरिने उहाँले सूचित गर्नुभएको छ ।

उहाँले शिक्षक वा कर्मचारीले राजनीतिक दलको सदस्यता लिएको वा नवीकरण गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने सूचनामा उल्लेख गर्नुभएको छ । पालिकाले यसअघि सामुदायिक तथा संस्थागत विद्यालय परिसरमा कुनै पनि राजनीतिक दलको भेला, सभा तथा बैठकलगायतका कार्यक्रम गर्न निषेध गरेको थियो ।