
काठमाडौं, २१ साउन । बंगलादेशबाट भाग्नुभएकी प्रधानमन्त्री शेख हसिना अब राजनीतिमा नफर्किने हुनुभएको छ ।
उहाँका छोरा सजिब वाजेद जोय आफ्नी आमा अत्यन्त निराश रहेको र अब उनको राजनीतिमा पुनरागमन नहुने बताउनु भएको हो ।
बीबीसी विश्वसेवासँग कुरा गर्दै उहाँले भन्नु भएको छ, ‘आफ्नो सबै कडा परिश्रमपछि पनि अल्पसङ्ख्यक आफ्नो विरुद्धमा उठेकोमा उहाँ धेरै निराश हुनुहुन्छ।’
प्रधानमन्त्रीका सल्लाहकार समेत रहेका वाजेदले बंगलादेशमा प्रदर्शन बढ्दै गएपछि हसिनाले आइतबारदेखि नै राजीनामा दिने सोच बनाएको बताउनुहुँदै सुरक्षाका लागि परिवारले दबाब दिएपछि देश छाडेको पनि बताउनुभयो । हसिना आज देश छोडेर भारतको शरणमा आउनुभएको छ ।









प्रतिक्रिया