
काठमाडौं, २१ साउन । बंगलादेशको पछिल्लो घटनापछि नेपालको सीमामा पनि सुरक्षा सतर्कता बढाइएको छ ।
नेपालको केन्द्रीय सुरक्षा समितिको बैठक बसेर सीमा क्षेत्रबाट हुने तेस्रो देशका नागरिकको सम्भावित घुसपैठलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाउने निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट तेस्रो देशका व्यक्ति अनुमतिबिना प्रवेश गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर गृह मन्त्रालयले सुरक्षाकर्मीलाई उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ ।
अनुमति बिना तेस्रो देशका व्यक्ति प्रवेश गर्न सक्ने जोखिम रहेको भन्दै मन्त्रालयले त्यसलाई रोक्न सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बललाई निर्देशन दिएको हो ।








प्रतिक्रिया