
काठमाडौं, २१ साउन । बंगलादेशमा प्रदर्शनकारीले प्रधानमन्त्री निवासमा तोडफोड गरेर लुटपाट गरेका छन् । बंगलादेशमा शेख हसिनाले राजीनामा दिएपछि प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए । प्रधानमन्त्रीको निवास प्रवेश गरेर प्रदर्शनकारीले प्रधानमन्त्री निवासका सामानहरू लागेका थिए ।
स्थानीय समाचार च्यानलमा देखाइएको तस्विरमा प्रधानमन्त्री निवासबाट सोफा, कुर्सी बोकेर मानिसहरु बाहिर निस्किदै गरेको देख्न सकिन्छ । यस्तै प्रदर्शनकारीहरू प्रधानमन्त्रीको ओछ्यानमा ढलीमली गर्दै रमाइरहेका भिडिओमा देखिएको छ । बंगलादेशमा गत महिनादेखि विद्यार्थीहरू आन्दोलनमा थिए, उनीहरूको पहिलो माग सरकारी जागिरमा आरक्षण खारेज गर्ने थियो । पछि उनले प्रधानमन्त्री पदबाट शेख हसिनाको राजीनामा माग गरेका थिए ।
प्रदर्शन चर्किएपछि हसिनाले राजीनामा दिएर देश छोड्नु भएको छ । उहाँ हेलिकप्टरबाट भारत आउनु भएको हो ।
प्रधानमन्त्री हसिनाले राजीनामा दिएर देश छोडेपछि सेना प्रमुख जनरल वकार उज जमानले राष्ट्रका नाममा सम्बोधन गर्दै जनतालाई शान्ति कायम राख्न अपील गर्नु भएको थियो । उहाँले देशमा अब अन्तरिम सरकार गठन हुने समेत बताउनुभएको छ । उहाँले सेना र पुलिसलाई गोली नचलाउन आदेश दिनुभएको हो ।








प्रतिक्रिया