
काठमाडौं, २१ साउन । बंगलादेशका सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गर्नुभएको छ ।
प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर भारत भागेसँगै सेना प्रमुख जनरल वकेर–उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गर्नुभएको हो ।
‘सबै राजनीतिक दलसँगको फलदायी छलफलपछि हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौं । हामी अहिले राष्ट्रपति मोहम्मद शाहबुद्दीनसँग यस विषयमा कुरा गर्नेछौं जसमार्फत यो स्थिति समाधान गर्न सकियोस्,’ सेना प्रमुख जमानले भन्नुभएको छ ।








प्रतिक्रिया