२८ जेष्ठ २०८३, बिहिबार

बंगलादेशमा प्रदर्शन : प्रदर्शनकारी निवासमै छिरेपछि ढाका छोडेर भागिन् प्रधानमन्त्री हसिना

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । बंगलादेशमा आरक्षणविरूद्वको विद्यार्थीको आन्दोलन नियन्त्रण बाहिर भएको छ ।

प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्री निवास गणभवनमा छिरेपछि प्रधानमन्त्री शेख हसिना भाग्नु भएको छ । उहाँ ढाका छोडेर अन्यन्त्र भाग्नु भएको हो ।

हजारौंको संख्यामा प्रदर्शनकारीहरू सरकारी भवन छिरेको अन्तर्राष्ट्रय सञ्चार माध्यमहरूले जनाएका छन् । प्रदर्शनका क्रममा आइतबार मात्रै ९१ जनाको मृत्यु भएको छ ।