
काठमाडौं, २१ साउन । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा रहेको छ ।
यसैगरी, युरो एकको खरिददर १४५ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ५२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १७१ रुपैयाँ १४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९१ पैसा पुगेको छ ।
कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । साउदी रियाल एकको खरिददर ३५.६३ रुपैयाँ रहेको छ भने बिक्रीदर ३५.७९ रुपैयाँ रहेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २९.७३ रुपैयाँ रहेको छ भने बिक्रीदर २९.८६ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।









प्रतिक्रिया