२ असार २०८३, मंगलबार

एमालेमा गुटबन्दी स्वीकार्य छैन : केपी ओली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, २० साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी स्वीकार्य नभएको बताउनु भएको छ ।

प्रधानमन्त्रीसमेत रहनु भएका एमाले अध्यक्ष ओलीले नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै गुटबन्दीका कारण एमाले विभाजन भएको भन्दै अब एमालेमा गुटबन्दी स्वीकार्य नहुने बताउनु भएको हो ।

‘हाम्रो पार्टीमा लामो समयदेखि गुटबन्दी थियो। या त हामीले गुटबन्दी नियन्त्रण गर्न सक्नुपर्थ्यो, सकिएन भने अन्ततः विभाजनमा जान्थ्यो हाम्रो पार्टीमा त्यस्तै भयो’, ओलीले भन्नुभयो, ‘हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य छैन।’

कतिपयले डेमोक्रेसीका नाममा उचाल्न सक्ने भन्दै उहाँले बैठकमा नेताहरूको भनाभन नै भएन त्यस्तो पनि डेमोक्रेसी हुन्छ ? बैठकमा भनाभन होस्। तब न केही आदानप्रदान भयो भनेजस्तो परिभाषा पार्टीमा नचल्ने ओलीको भनाइ छ।

उहाँले आफू पनि नगर्ने र अरूलाई पनि गुटबन्दीको कुरा छेउ पनि पर्न नदिन निर्देशन दिनुभयो। उहाँले नवनियुक्त केन्द्रीय सदस्यहरूलाई एमालेको खेलाडीजस्तो गरी कार्यक्षेत्रमा खटिन निर्देशन दिनुभयो।