२७ जेष्ठ २०८३, बुधबार

एमालेको उपाध्यक्षमा मनोनित बरालसहित स्थायी र केन्द्रीय कमिटी सदस्यले लिए शपथ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । नेकपा (एमाले) का मनोनीत उपाध्यक्ष, स्थायी कमिटी तथा केन्द्रीय सदस्यले शपथग्रहण गर्नुभएको छ ।

पार्टी सचिवालय बैठकबाट मनोनीत हुनुभएका पार्टीका एक उपाध्यक्ष, एक स्थायी कमिटी सदस्यहरू तथा १७ केन्द्रीय सदस्य लगायतलाई आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ दिलाउनु भएको हो ।

गत बिहीबार बसेको सचिवालय बैठकले उपाध्यक्षमा गुरू बराललाई मनोनित गरेको थियो भने स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई मनोनित गरेको थियो ।

यस्तै, बैठकले केन्द्रीय कमिटी सदस्यमा १७ जनालाई मनोनयन गरेको थियो।