
धनगढी, २० साउन । नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता कमलबहादुर शाहले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्नु भएको छ ।
शाहले आज प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गर्नु भएको हो । आज बसेको कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्रीमा अघि सार्ने सर्वसम्मत निर्णय गरेको थियो ।
शाहले एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा दाबी पेश गर्नुभएको हो । ५२ सदस्यीय सुदूरपश्चिममा कांग्रेसका १८, एमालेका १० र नाउपाका ७ सांसद रहेका छन् ।









प्रतिक्रिया