
काठमाडौं, २० साउन । कमलबहादुर शाह पुन सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्ने पक्का भएको छ ।
आज बसेको काँग्रेस संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । संसदीय दलको निर्णयसँगै शाहले आज मुख्यमन्त्रीका लागि दावी पेश गर्दै हुनुहुन्छ ।
यसअघि सभापति शेरबहादुर देउवाका भतिजोसमेत रहेका सांसद प्रकाश देउवा, बहादुर थापा र दिवानसिंह विष्ट पनि मुख्यमन्त्रीका आकांक्षी हुनुहुन्थ्यो ।
शाहले नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीको सहयोगमा मुख्यमन्त्रीाम दाबी पेश गर्न लाग्नुभएको हो ।












प्रतिक्रिया