२७ जेष्ठ २०८३, बुधबार

अनेमसंघले आफ्नै डिजिटल मिडिया सञ्चालन गर्ने

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । अखिल नेपाल महिला संघ (अनेमसंघ)ले प्रविधिलाई प्राथमिकतामा राख्दै ‘डिजिटल मिडिया’ सञ्चालन गर्ने भएको छ । अनेमसंघको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले त्यसको तयारी गरेको जनाएको छ ।

अनेमसंघका ऐतिहासिक अभिलेख, दैनिक गतिविधि र योजनालगायत सामग्री समेटी डिजिटल मिडिया सञ्चालन गर्न लागिएको हो । शनिबार बसेको संघको १४ विभाग, चार कमिटीका प्रमुख, उपप्रमुख तथा केन्द्रीय पदाधिकारीहरुको बैठकमा यसबारे जानकारी गराइएको हो ।

डिजिटल मिडिया सञ्चालनका लागि वेवसाइटको डोमिन, लेआउटलगायतको काम भइरहेको र युट्युब सञ्चालनका लागि पनि तयारी सुरु गरिएको प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सृजना आचार्यले जानकारी दिनुभयो ।

बैठकमा अनेमसंघका इन्चार्ज सीता पौडेलले पछिल्लो पुस्तालाई संगठनमा आकर्षण गर्न अनेमसंघ प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।