२६ जेष्ठ २०८३, मंगलबार

कमला ह्यारिस डेमोक्रेटिक पार्टीको राष्ट्रपति उम्मेदवार चयन

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । अमेरिकाकी वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई सत्तारुढ डेमोक्रेटिक पार्टीले आगामी राष्ट्रपति चुनावका लागि औपचारिक रुपमा उम्मेदवार चयन गरेको छ । ह्यारिस भारतीय–अफ्रिकी मूलकी पहिलो महिला हुनुहुन्छ जसलाई राष्ट्रपति पदका लागि मनोनयन गरिएको छ ।

शुक्रबार उम्मेदवार छनोटका लागि भएको मतदानमा उहाँले सफलता पाएसँगै नोभेम्बर ५ मा हुने आम चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्नुहुनेछ ।

डेमोक्रेटिक पार्टीका अधिकांश प्रतिनिधिबाट उम्मेदवारी पाएको घोषणापछि ह्यारिसले अमेरिकाको राष्ट्रपतिका लागि डेमोक्रेटिक उम्मेदवार बन्न पाउँदा आफूलाई गर्व लागेको बताउनुभयो । उहाँले अर्को हप्ता औपचारिक रूपमा मनोनयन स्वीकार गर्ने पनि बताउनुभयो । ह्यारिसकी आमा भारतीय अमेरिकी हुनुहुन्थ्यो भने उहाँका बुबा अफ्रिकी मूलका जमैकन हुनुहुन्थ्यो ।

अगस्ट २२ मा शिकागोमा हुने डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवारी स्वीकार गर्ने जनाइएको छ । अबको केही दिनमा उहाँले उपराष्ट्रपतिको उम्मेदवार घोषणा गर्न सक्नुहुनेछ ।

यस्तै, ट्रम्पले शुक्रबार आफ्नो सम्भावित डेमोक्रेटिक प्रतिद्वन्द्वी उपराष्ट्रपति कमला ह्यारिससँगको बहसमा भाग लिने वा नलिने भन्ने निर्णय नगरेको बताउनुभएको छ ।