३० असार २०८३, मंगलबार

राज्यमन्त्री चौधरीद्वारा पदभार ग्रहण, यस्तो छ पहिलो निर्णय

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले पदभार ग्रहण गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज चौधरीसहित ३ जना राज्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सिंहदरबारमा पद तथा गोपनियताको सपथ लिएसँगै चौधरीले मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गरेसँगै राज्यमन्त्री चौधरीले लुम्बिनी बिकास कोष ऐन २०४२ लाई परिमार्जित गर्न समिति गठन गर्ने निर्णय गर्नुभएको छ ।

देशकै पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको लुम्बिनी बिकास कोषलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि ऐन परिमार्जित गर्नुपर्ने भएकाले समिति गठन गरेर अघि तत्काल आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरिएको राज्यमन्त्रीको सचिवालयले जनाएको छ ।