
काठमाडौं, १८ साउन । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनको लागि दावी पेश गर्न आव्हान गर्नुभएको छ ।
शुक्रबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले आइतबार बेलुका ५ बजेसम्म संबिधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको लागि आव्हान गनुभएको हो ।
केन्द्रमा कांग्रेस-एमाले गठबन्धन बनेपछि सुदूरपश्चिममा अब नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएको छ ।









प्रतिक्रिया