
काठमाडौं, १८ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिनुभएको छ ।
उहाँले आज प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाउनु भएको हो । यसअघि उहाँले संसदबाट विश्वासको मत लिने बताइएपनि उहाँले राजीनामा बुझाउनु भएको हो ।
केन्द्रमा नयाँ समीकरण पश्चात् असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि उहाँ अल्पमतमा पर्नु भएको थियो ।








प्रतिक्रिया