६ श्रावण २०८३, बुधबार

डेमोक्रेटको राष्ट्रपति उम्मेदवार छान्न मतदान सुरु, ह्यारिसले बहुमत ल्याउने निश्चित

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । अमेरिकामा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार चयनका लागि मतदान सुरु भएको छ ।

यसमा उपराष्ट्रपति कमला ह्यारिसको जित निश्चित मानिएको छ । डेमोक्रेटिक पार्टीका प्रतिनिधिहरूले अगस्ट ६ को बिहान ४ बजेसम्म राष्ट्रपतिको उम्मेदवार चयन गर्न मतदान गर्न सक्नेछन् । यसपछि नतिजा सार्वजनिक हुनेछ । कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवार बन्न डेमोक्रेटका ४ हजार प्रतिनिधि मध्ये १९७६ मत चाहिन्छ । वासिङ्टन पोस्टको रिपोर्टका अनुसार उहाँले यो आँकडा सजिलै पार गर्ने अपेक्षा गरिएको छ ।

अगस्त ६ मा मतदान सकिएपछि कमलाले उपराष्ट्रपति पदका लागि उम्मेदवारको नाम पनि घोषणा गर्न सक्नुहुनेछ । त्यसपछि दुवै नेताले अमेरिकामा नयाँ चुनावी अभियान सुरु गर्नुहुनेछ । अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

बाइडेनको फिर्ताको भोलिपल्ट जुलाई २२ मा कमलाले डेमोक्रेटिक पार्टीबाट उम्मेदवारीको लागि बहुमत हासिल गर्नुभयो । न्यूयोर्क टाइम्सकाअनुसार कमला ह्यारिसलाई ४ हजारमध्ये १९७६ प्रतिनिधिको समर्थन प्राप्त भएको थियो । त्यसपछि उहाँले जुलाई २६ गते उम्मेदवारी फारम भरेर औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नुभएको थियो । बाइडेन दौडबाट बाहिरिएपछि डेमोक्रेटिक पार्टीका सबै ठूला नेताहरूले कमला ह्यारिसलाई समर्थन गर्नुभएको छ । जसमा पूर्वराष्ट्रपति बाराक ओबामा, उहाँकी पत्नी मिशेल ओबामा र बिल र हिलारी क्लिन्टन रहनुभएको छ ।

राष्ट्रपतिको उम्मेदवारीका लागि कमलाको नाम आएपछि अमेरिकी चुनावमा डेमोक्रेटिक पार्टीको प्रदर्शनमा सुधार आएको छ । मर्निङ कन्सल्ट पोलका अनुसार ७ महत्वपूर्ण राज्यमध्ये कमला ४ मा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पभन्दा अगाडि हुनुहुन्छ ।

ह्यारिसले रोयटर्स र इप्सोसको सर्वेक्षणमा पनि ट्रम्पलाई पछि पार्नुभएको छ । जबकि ट्रम्प २ राज्यमा अगाडि हुनुहुन्छ । एक सिटमा प्रतिस्पर्धा बराबर छ । जबकी बाइडेन चुनावी मैदानमा रहँदा यी सबै राज्यमा ट्रम्पभन्दा पछाडि हुनुहुन्थो । अर्कोतर्फ कमलाले डेमोक्रेटिक पार्टीमा पनि आफ्नो प्रभाव बढाउनुभएको छ ।