२४ जेष्ठ २०८३, आइतबार

एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर रजिष्ट्रारसम्बन्धी कार्य गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ ।

आज आयोजित एक समारोहबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालले शेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौतासँगै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयर दाखिल खारेज, नामसारी, अभौतिकिकरण, लाभांस वितरणलगायत शेयर रजिष्ट्रेशनसम्बन्धी सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गबाट हुनेछ ।

यस एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड २०६९ भदौ ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई आफ्नो उद्देश्य अनुरुप विभिन्न जलविद्युत, पर्यटन, होटल, बीमा, सञ्चारलगायतका परियोजनाहरुमा लगानी सम्बन्धी काम/कारोबार गर्दै आइरहेको छ । यस कम्पनीका संस्थापक शेयरधनीहरु विद्युत, बैंक/वित्तीय क्षेत्र, शैक्षिक क्षेत्र एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार/व्यवसायका साथै व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दखल भएका प्रतिष्ठित व्यक्तित्वहरु रहनुभएको छ ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी व्यवस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्वन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।