१९ असार २०८३, शुक्रबार

केरलाको वायनाड पहिरोमा परी मृत्यु हुनेको संख्या १४३ पुग्यो

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । भारतको केरला राज्यको वायनाड मंगलबारको पहिरोमा परी मृत्यु हुनेको संख्या एक सय ४३ पुगेको छ । पहिरोमा परी घाइते भएका १२८ जनाको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

लगाातारको मनसुनी वर्षापछि मंगलबार राति पटक पटक गएको पहिरोका कारण वायनाड जिल्लाका विभिन्न क्षेत्रमा ठूलो धनजनको क्षति भएको छ । पहिरो प्रभावित क्षेत्रमा अहिले पनि भारी वर्षा भइरहेका कारण उद्धार तथा राहत प्रभावित भएको छ ।

त्यसैगरी, अविरल वर्षाका कारण आएको पहिराले पुल बगाएपछि सेनाले अस्थायी पुल प्रयोग गरी एक हजारभन्दा बढीको उद्धार गरेको जानकारी दिएको छ ।