
काठमाडौं, १५ साउन । सामसङ नेपालले ग्राहकका लागि फ्री पिक–अप र ड्रप सेवा ल्याएको छ । साउन १ गतेदेखि काठमाडौं उपत्यकाभरि वारेन्टीमा रहेका मोबाइलका ग्राहकहरूका लागि यो सेवा ल्याइएको कम्पनीले जनाएको छ ।
वारेन्टीमा रहेका मोबाइलहरूमा कुनै समस्या देखिएमा निःशुल्क उपलब्ध नेपाल टेलिकमको टोल-फ्री मोबाइल नम्बर १६६००१७२६६७, एनसेलको नम्बर ९८०१५७२६६७ मा वा ह्वाट्स अप नम्बर १६६००१७२६६७ मा सम्पर्क गरेर घरमै पिक–अप र ड्रप सेवा सुविधा पाइने सामसङ नेपालले जनाएको छ।
मोबाइल लिनको लागि सामसङका प्रतिनिधिले ग्राहकले कल गरेको १ दिनभित्रै ग्राहकहरूको घरमै पुगेर मोबाइल लिने छन् र मर्मत भएपछि फिर्ता घरमै पुर्याइ दिने कम्पनीले जनाएको छ ।
हाललाई काठमाडौं उपत्यकाका न्युरोड, सुन्धारा, जावलाखेल, भक्तपुर र नयाँ बानेश्वरमा रहेको सर्भिस सेन्टरहरूबाट यो सुविधा पाइने कम्पनीले जनाएको छ ।









प्रतिक्रिया