
लण्डन, १५ साउन । उत्तरपश्चिम इंग्ल्याण्डको साउथपोर्ट, मर्सेसाइडमा सोमबार आठ जनालाई छुरा प्रहार गरी घाइते बनाएको स्थानीय प्रहरी र आपत्कालीन सेवाहरूले जनाएका छन् ।
‘बिहान ११ः५० बजे हामीलाई हार्ट स्ट्रिटको एक सम्पत्तिमा छुरा प्रहार भएको रिपोर्टका लागि बोलाइयो ।’ मर्सेसाइड प्रहरीले विज्ञप्तिमा भन्यो ।
सशस्त्र प्रहरीले एक पुरुषलाई नियन्त्रणमा लिएको र एउाटा चक्कु बरामद गरेको प्रहरीले जनाएको छ ।
चक्कु प्रहारबाट चोट लागेका आठ पीडितको उपचार गरिएको उत्तर पश्चिम एम्बुलेन्स सेवाले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ । स्थानीय प्रहरीले छुरा प्रहारलाई ‘ठूलो घटना’ घोषणा गरेको छ । घटनाको अनुसन्धान भइरहेको छ ।








प्रतिक्रिया