६ असार २०८३, शनिबार

प्रधानमन्त्री ओलीद्वारा युवाहरुको स्वच्छ आलोचना र सुझावलाई स्वागत

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुको सुझाव लिने र उनीहरूको भावना बुझेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

विशेष गरी रोजगारीको लागि साउदी अरबमा पुग्नुभएका नेपाली युवा जीपी आचार्यले सामाजिक सञ्जाल फेसबुकमा व्यक्त गर्नुभएको विचारको जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले युवाहरूको स्वच्छ आलोचना र सुझावलाई स्वागत गर्नुभएको हो ।

प्रधानमन्त्रीले ओलीले भन्नुभएको छ, ‘तपाईंले चिठ्ठीमा लेख्नु भएका कुरा तपाईंका मात्रै होइनन्, हजारौं युवाहरुका प्रतिनिधि समस्या हुन् ।’ उहाँले युवाहरू देश बाहिर जान बाध्य हुनुपरेको अवस्थालाई स्वीकार गर्दै सरकारले देशभित्रै रोजगारी सिर्जना गर्ने र उद्यमशीलता बढाउने प्रयासमा रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विगतमा गरिएका प्रयासहरू बारे पनि उल्लेख गर्नुभएको छ । तर ती प्रयासहरू अपर्याप्त रहेको स्वीकार गर्दै प्रधानमन्त्रीले भन्नुभएको छ, ‘हामीले जति गर्नु पर्ने थियो, त्यति गर्न सकेनौँ ।’ प्रधानमन्त्री ओलीले यस स्थितिका लागि अरूलाई दोष नदिई आगामी दिनमा युवाहरूको सुझाव र भावनालाई बुझेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

‘हो, तपाईंले चिठ्ठीमा लेख्नु भएका कुरा तपाईंका मात्रै होइनन्, हजारौं युवाहरुका प्रतिनिधि समस्या हुन् । यहाँ केही गर्न खोज्दा नसकेर धेरै युवा देश बाहिर हुनुहुन्छ । हामी यहीँ रोजगारी सिर्जना गर्ने, यहीँ उद्यमशीलता बढाउने र आफ्नै देशमा दुःख गरेर खुशीसाथ परिवारसँग बस्ने वातावरण बनाउन खोजिरहेका छौँ । यसका लागि विगतमा पनि काम गर्यौं । हामीले जति गर्नु पर्ने थियो, त्यति गर्न सकेनौँ । केही पनि काम नभएको होइन, हुनुपर्ने जति भएन । यसका लागि म अरुलाई दोष दिन्नँ । पहिले यहीँ रोजगारी सिर्जना गर्न, यहीँ उद्यमशीलता बनाउन आधार खडा गरौँ भनेर लागिरहेका छौँ ।’ प्रधानमन्त्री ओली फेसबुकमा लेख्नुभएको छ ।

जीपी आचार्य र उहाँको परिवारप्रति स्नेह र सम्मान व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले युवाहरूको परिश्रम र मेहनतलाई सम्मान व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले फेसबुकमा लेख्नुभएको सन्देशले सरकार र युवा पुस्ताबीच सकारात्मक संवादको सुरुवात भएको छ ।

 यस्तो छ प्रधानमन्त्री ओलीले लेख्नुभएको फेसबुक स्टाटस:

 

 यस्तो छ जीपी आचार्यले फेसबुकमा लेख्नुभएको स्टाटस: