२३ असार २०८३, मंगलबार

धनगढीमा थप २ जनामा हैजा संक्रमण

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, १४ साउन । कैलालीमा थप दुई जनामा हैजाको संक्रमण पुष्टि भएको छ । धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका थप दुई जनामा हैजा पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठकाअनुसार हैजा पुष्टि हुनेमा छ र आठ वर्षका बालक छन् । योसँगै हैजा पुष्टि हुनेको संख्या चार पुगेको छ । यसअघि सोही पशुपति टोलका २३ र २६ वर्षीय युवतीमा हैजा पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।

दुवै बालक सेती प्रादेशिक अस्पतालमा उपचार गरी संक्रमणको जोखिममुक्त भएर घर फर्किएको उहाँले बताउनुभयो । नमूना सङ्कलन गरिएका थप चार जनाको रिपोर्ट आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

यस क्षेत्रको पानीको नमुना सङ्कलन भइरहेको पनि उहाँले जानकारी दिनुभयो । यस सम्बन्धमा माथिल्ला निकायमा जानकारी गराइ सकिएको प्रमुख श्रेष्ठको भनाइ छ ।