
काठमाडौं, १३ साउन । नेपाली काँग्रेसका नेता गोविन्दराज जोशी भ्रष्टाचारी ठहर हुनुभएको छ ।
सर्वोच्च अदालतले आज उहाँलाई दोषी ठहर गरेको हो । अदालतले उहाँलाई ६९ लाख १५ हजार जरिवाना र ९ महिना कैद फैसला पनि सुनाएको छ ।
विशेष अदालतको फैसलालाई उल्टाउँदै सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई दोषी ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशीलगायत उहाँका परिवारका सदस्यविरुद्ध भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा २०६० पुस १८ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।









प्रतिक्रिया