१ कार्तिक २०८३, आइतबार

गुराँस लघुवित्तको नाफा बढ्यो

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । गुराँस लघुवित्तको नाफा गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा वृद्धि भएको छ । यस अवधिमा खुद नाफा १४४९.११ प्रतिशतले बढेर २ करोड ५९ लाख ६३ हजार रुपैयाँ पुगेको छ ।

खुद ब्याज आम्दानी ४७.९४ प्रतिशतले बढेर ८ करोड २८ लाख ८१ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १४१८.२४ प्रतिशतले बढेर २ करोड ५९ लाख ६३ हजार रुपैयाँ पुगेको छ । खराब कर्जा ३.९० प्रतिशतले घटेर २.४६ प्रतिशतमा आएको छ ।

गत असार मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ५२ पैसा छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १६ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ ।

यता, खराब कर्जा भने घटेको छ । यसले खुद नाफा बढ्न सहयोग गरेको हो ।