२१ असार २०८३, आइतबार

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

23k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । साताको पहिलो कारोबारको दिन नेपाली बजारमा आज आइतबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एक हजार रूपैयाँले बढेको हो । शुक्रबार प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ हजार रूपैयाँले बढेर १ लाख ४५ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ७ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी आज १० रूपैयाँले बढेर १ हजार ७ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ ।