
काठमाडौं, ११ साउन । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।
शुक्रबार सुन तोलाको ३ सयले घटेर एक लाख ४४ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहीबार सुनको मूल्य तोलाको १ लाख ४५ हजार रहेको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला २० रुपैयाँ घटेर तोलाको १ हजार ७ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।








प्रतिक्रिया