
नयाँ दिल्ली, ११ साउन । बंगलादेशबाट छ हजार ७ सय भन्दा बढी भारतीय विद्यार्थीहरू देश फर्केका छन् र उनीहरुको फिर्तीमा बंगलादेशका प्रधानमन्त्री शेख हसिना नेतृत्वको सरकारले सहयोग गरेको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले बिहीबार बताउनुभएको छ ।
‘भारतीय उच्च आयोगले भारतीयहरूको सीमा क्रसिंग पोइन्ट वा एयरपोर्टमा सुरक्षित यात्राको व्यवस्था गरेको छ ।’ रणधीर जयस्वालले सञ्चारकर्मीलाई बताउनुभयो । उहाँले बंगलादेशको अवस्था चाँडै सामान्य हुने आशा व्यक्त गर्नुभएको छ ।
भारत फर्केका विद्यार्थीहरुको संख्याबारे सोधिएको प्रश्नमा जयस्वालले भन्नुभयो, ‘अहिलेसम्म बंगलादेशबाट छ हजार ७ सय भन्दा बढी भारतीय विद्यार्थीहरू फिर्ता आएका छन् । हामीले बंगलादेश सरकारबाट उत्कृष्ट सहयोग पाएका छौँ । हाम्रो उच्च आयोगले उनीहरूको सीमा पार गर्ने बिन्दुहरू वा एयरपोर्टमा सुरक्षित यात्राको व्यवस्था गरेको छ ।’
‘हाम्रो उच्च आयोग र सहायक उच्च आयोग दुवैले २४ घण्टा हेल्पलाइनहरू सञ्चालन गरिरहेका छन् र त्यहाँ रहेका सबै व्यक्ति, हाम्रा विद्यार्थी र नागरिकले सहयोगका लागि उनीहरूसँग सम्पर्क गर्न सक्छन् ।’ उहाँले बताउनुभयो ।








प्रतिक्रिया