२६ जेष्ठ २०८३, मंगलबार

अभिनेता नाजिर हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडर

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी)को ब्राण्ड एम्बेसडरमा अभिनेता नाजिर हुसेन नियुक्त हुनुभएको छ ।

एमडब्लूसीले बुधबारदेखि लागू हुने गरी अभिनेता नाजिरलाई ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको हो ।

एमडब्लूसीकाअनुसार नाजिरलाई एक वर्षसम्मको लागि ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको हो । उहाँले कम्पनीका प्रडक्टहरूको विभिन्न तरिकाबाट प्रचार साथै बिक्री गर्नमा मद्दत गर्नुहुनेछ । नाजिर पहिलोपटक एमडब्लूसीको ब्राण्ड एम्बेसडर बन्नुभएको हो ।

कार्यक्रममा बाल्दै अभिनेता नाजिरले एमडब्लूसीका प्रडक्ट उपयुक्त रहेको बताउनुभयो । ‘इयरबड सबै भन्दा बढी प्रयोग गर्ने मध्ये म पनि एक हुँ, प्राय मेरो साथमा इयरबड भइराख्छ ।’ उहाँले भन्नुभयो, ‘एमडब्लूसीको ब्राण्ड एम्बेसडर बन्न पाउँदा खुशी छु ।’

सोही क्रममा कम्पनीले आफ्नो दुई वटा प्रडक्ट पनि सार्वजनिक गरेको छ । कम्पनीले इयरबडको नयाँ मोडल र २२.५ वाटको पावर बैंक बजारमा ल्याएको एमडब्लूसीका प्रमुख सुनिल जैसवाल जनकारी दिनुभयो । कम्पनीले एमडब्लूसी इयरबड प्रो (एमटी९९९) मोडलको इयरबड ल्याएको हो । एमआई, ओप्पो, भिभो, वनप्लस, ह्वावे र अन्य ब्रान्डका डिभाइसमा यो केबल सपोर्ट हुने कम्पनीले जनाएको छ ।

इयरबडको एमआरपी मूल्य ६ हजार ४९९ रुपैयाँ तोकिएको छ । यद्यपि अहिले यो इयरबडको खरिदमा अफर चलिरहेको हुँदा बजारमा ३ हजार २९९ रुपैयाँमा उपलब्ध रहेको पनि जैसवाल जानकारी दिनुभयो ।

यस्तै, पावर बैंकको मूल्य भने ३ हजार ९९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।