१८ असार २०८३, बिहिबार

मृतकका आफन्त भेट्न पर्यटनमन्त्री पाण्डे अस्पतालमा

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुगेर सौर्य एयरलाइन्स विमान दुर्घटनामा परी मृत्यु भएका आफन्तहरुसँग भेट्नुभएको छ ।

बिहीबार अपरान्ह अस्पताल पुग्नुभएका मन्त्री पाण्डेले मृतकका परिवारलाई भेटेर पोष्टमार्टम, क्षतिपूर्तिको प्रक्रिया, बीमा दाबीलगायतका विषयमा छलफल गर्नुभएको हो ।

उहाँले मृतकका परिवारलाई कुनै किसिमको झन्झट नदिई सहज रुपमा प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिनुभएको छ ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पोखराका लागि ११ः११ बजे उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई सिआरजे—७ को विमान विमानस्थलको परिसरभित्रै दुर्घटना परेको थियो । दुर्घटनालगत्तै मन्त्री पाण्डे घटनास्थल पुग्नुभएको थियो ।

उहाँले जहाजका क्याप्टेन मनिषरत्न शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा पुगेर स्वास्थ्य अवस्था बारे जानकारी पनि लिनुभएको थियो । दुर्घटनामा परी १८ जनाको मृत्यु र एक जना गम्भीर घाइते भएका छन् ।

त्यस्तै, पाण्डेले विमान दुर्घटनाको बारेमा प्रभावकारी कार्यान्वयनको बाटो तय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको बैठकमा उहाँले घटनाको निचोड निस्कने हिसाबले अध्ययन गर्ने भन्दै प्राप्त प्रतिवेदनको कार्यान्वयन पनि प्रभावकारी रुपमा गर्ने बताउनुभयो ।