२३ असार २०८३, मंगलबार

३२ अंकले बढ्यो नेप्से, १४ अर्ब १३ करोड रुपैयाँ कारोबार

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । नेप्से परिसूचक ३२ अंकले बढेको छ । बिहीबार नेप्से ३२ अंकले बढेर २५६८.११ को विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार बिहीबार १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ रुपैयाँको कारोबार भएको छ । आज ३२० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता शेयर एक लाख ५९ हजार ७५७ पटक खरिदबिक्री हुँदा १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ बराबरको कारोबार भएको छ ।

आज उपकार लघु वित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने जीवन लघुवित्त र एशियन हाइड्रोको शेयर मुल्यमा ९।९९ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज सबैभन्दा बढी मितेरी विकास बैंकको शेयर मूल्य सबैभन्दा बढी ७।६५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा जीआइसी इन्सुरेन्सको ३४ करोड १७ लाख ७९ हजार ९७२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सिटिजन सुपर ३० म्युचुअल फण्डको ११ लाख ४६ हजार ७५० कित्ता शेयर किनबेच भएको छ ।