२३ असार २०८३, मंगलबार

क्याप्टेन मनिषले भने- करिब एकसय फिटमा पुगेपछि जहाज माथि लैजान सकिनँ, तल खस्न थाल्यो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा दुर्घटना भएको सौर्य एयरलाइन्सका घाइते पाइलट मनिष शाक्यले जहाज एकसय मिटरमाथि उडेपछि कन्ट्रोल नभएको बताउनु भएको छ ।

सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत क्याप्टेन शाक्यले दुर्घटनाबारे जानकारी दिनुहुँदै एकसय फिटमा पुगेपछि जहाज कन्ट्रोल नभएको र तल खसेको बताउनु भएको हो ।

‘करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान सकिनँ । तल खस्न थाल्यो,’ शाक्यले भन्नुभयो ‘एकैपल्ट थिचिएको जस्तो अनुभव भयो । सानो प्वालबाट आफैं बाहिर निस्किएँ । त्यसबाट नस्किन लाग्दा कसैले मलाई तानेको याद छ,’।

बुधबार बिहान ११ः११ मा पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । दुर्घटनामा पाइलट शाक्य मात्रै बाँच्न सफल हुनु भएको हो ।