
काठमाडौं, १० साउन । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंककाअनुसार बिहीबार अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्ड बढ्दा युरोको विनिमयदर घटेको छ । अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रुपैयाँ २६ पैसा पुगेको छ ।
त्यस्तै, युरो एकको खरिददर १४४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५४ पैसा रहेको छ ।
त्यसैगरी, बेलायती पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३० पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।









प्रतिक्रिया