
काठमाडौं, ९ साउन । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा आज पनि पसिना आएको छ ।
आज दिउसो साढे दुई घण्टा पसीना आएको हो । दिउँसो १२ बजेर ४५ मिनेटदेखि दिउँसो ३ बजेर १३ मिनेटसम्म शिलामा पसिना आएको हो। भीमसेनको शिलामा पसिना आएपछि अनिष्ट हुने जनविश्वास रहिआएको छ ।
शिलामा पसिना आएपछि मन्दिरमा घण्टसहित बाजागाजा बजाएर पूजाआराधना गर्ने गरिन्छ । यसअघि शनिबार पनि शिलामा पसिना आएको थियो। संयोगवस आजै त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ ।








प्रतिक्रिया