
काठमाडौं, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गर्नु भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ओलीले दुर्घटनाप्रति धैर्य रहन अनुरोध गर्दै दुःख व्यक्त गर्नु भएको हो ।
उहाँले लेख्नुभएको छ- ‘नियमित प्राविधिक परीक्षणकालागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्रू मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ । नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु । अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु ।’
सौर्य एयरको विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटनास्थल पुग्नु भएको थियो । मर्मतका लागि पोखरातर्फ जाँदै गरेको विमान आज बिहान ११ः११ मा त्रिभुवन विमानस्थल परिसरमै दुर्घटनामा परेको थियो ।
विमानमा चालक दलका २ सदस्यसहित १९ जना सवार थिए । क्याप्टेन मनिष शाक्यको जीवितै उद्धार गरिए पनि १८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।







प्रतिक्रिया