
काठमाडौं, ९ साउन । त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्समा रहेका १८ जनाको शव निकालिएको छ ।
विमानका चालक मनिष शाक्यको जिवितै उद्धार गरिएको छ। उहाँको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको जानकारी दिइएको छ ।
त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा जहाज दुर्घटनामा परेको हो। विमानमा चालक दलका सदस्यसहित १९ जना सवार हुनुहुन्थ्यो ।
सौर्य एयरलाइन्सका अनुसार पोखरामा मेन्टेनेन्सको कामका लागि कर्मचारीहरू लैजान लागिएको थियो । अधिकांश इन्जिनियर र प्राविधिकहरू हुनुहुन्थ्यो। जहाजमा सर्वसाधारण यात्रु थिएनन् ।








प्रतिक्रिया